Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सिरहाबाट एसईईमा ११ हजार बढी विद्यार्थी सहभागी हुँदै

सिरहाबाट एसईईमा ११ हजार बढी विद्यार्थी सहभागी हुँदै

  • काठमाडौँ । सिरहाबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ११ हजार ३७ विद्यार्थी सहभागी हुँदै छन् ।

    onlinepatrika
    Arghakhachi

    परीक्षामा साधारणधारतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फका ४१२ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेको हो ।

    AGNI GROUP

    परीक्षामा साधारणतर्फको नियमित ९ हजार ८१२, ग्रेड वृद्धिका लागि ८१३ तथा प्राविधिक धारतर्फका नियमित ३६५ र ग्रेड वृद्धिका लागि ४७ छात्र–छात्रा परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दिपकराज कनौलिले जानकारी दिए ।

    परीक्षामा सहभागी विद्यार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन् । परीक्षा सञ्चालनका लागि ५१ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा यही चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij