Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

  • काठमाडौँ । श्रीलंकाको अर्थतन्त्र हाल स्थिर रहेको भए पनि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण व्यापार, वैदेशिक रोजगारबाट आउने रकम (रेमिट्यान्स) र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले भविष्यप्रति जोखिम रहेको एक अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीले बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    पत्रकार सम्मेलनमा बोल्दै सञ्चार विभागकी निर्देशक जुली कोज्याकले श्रीलंकाको सुधार कार्यक्रमले चक्रवात डिटवाहको प्रभावका बाबजुद उल्लेखनीय प्रगति गरेको बताउनुभयो।
    उहाँका अनुसार सन् २०२५ मा श्रीलंकाको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२६ को फेब्रुअरीमा मुद्रास्फीति करिब १.६ प्रतिशत रहेको छ। साथै, देशको ऋण पुनर्संरचना लगभग पूरा भइसकेको र वैदेशिक मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको उनले जानकारी दिनुभयो ।

    AGNI GROUP

    उहाँले आगामी मार्च १२ देखि चैत २६ सम्म एक टोली श्रीलंकाको भ्रमणमा जाने र आर्थिक नीतिबारे छलफल गर्ने बताउनुभयो । उक्त भ्रमणको उद्देश्य विस्तारित कोष सुविधा कार्यक्रम अन्तर्गत पाँचौँ र छैटौँ समीक्षा पूरा गर्नु रहेको छ।

    साथै, उक्त टोलीले श्रीलंकाली अधिकारीहरूसँग भेटघाट गरी मध्यपूर्व द्वन्द्वको सम्भावित आर्थिक प्रभावबारे थप जानकारी लिने र भविष्यमा सहयोग कसरी जारी राख्ने भन्ने विषयमा अद्यावधिक मूल्याङ्कन प्रस्तुत गर्ने बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट