Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ ४८ घण्टाभित्र नखोले ठूलो आक्रमण गर्ने धम्की दिएपछि इरानले पनि त्यसको जवाफ दिइने चेतावनी दिएको छ।
इरानको सरकारी सञ्चारमाध्यमले भनेको छ, ‘यदि इरानका इन्धन र ऊर्जा केन्द्रहरूमा आक्रमण गरिए देशको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूलाई निसाना बनाउनेछ।’
इरानले अगाडि भनेको छ, ‘युद्ध अब नयाँ चरणमा पुगेको छ।’ यसअघि ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए, ‘यदि इरानले ४८ घण्टाभित्र ‘स्ट्रेट अफ होर्मुज’ नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्ने र आक्रमण सबैभन्दा ठूलो प्लान्टबाट सुरु गर्ने चेतावनी दिएका थिए।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij