Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हामी युद्धबिराम चाहँदैनौं : इरान

हामी युद्धबिराम चाहँदैनौं : इरान

  • काठमाडौं । इरानले अमेरिका र इजरायलसँग युद्धविराम नचाहेको तर युद्धको स्थायी अन्त्य चाहेको बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    इरानका विदेशमन्त्री अब्बास अराघचीले जापानी मिडिया आउटलेट क्योडो न्यूजलाई बताएअनुसार यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न सक्ने कुनै पनि पहललाई आफूले स्वागत गर्ने उनले बताए । उनले यो द्वन्द्व देशमाथि “थोपरिएको” बताए ।

    AGNI GROUP

    अब्बास अराघचीले भने, “इरान युद्ध रोक्न सक्ने प्रस्तावहरू सुन्न र विचार गर्न तयार छ। केही देशहरू मध्य पूर्वमा जारी द्वन्द्वको समाधान खोजिरहेका छन् । तर अमेरिका आफ्नो आक्रमण रोक्न तयार छ जस्तो लाग्दैन ।”

    अराघचीले यो पनि भने, “इरान युद्धविराम चाहँदैन, बरु ‘युद्धको पूर्ण, व्यापक र स्थायी अन्त्य’ चाहन्छ ।”

    वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै दाबी गरेका थिए - उनी इरानसँगको युद्ध चाँडै अन्त्य गर्न खोजिरहेका छन्। ट्रुथ सोसलमा एक पोस्टमा, उनले भने -उनी आफ्ना लक्ष्यहरू प्राप्त गर्ने धेरै नजिक छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट