Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्वव्यापी ऊर्जा संकटका बीच अस्ट्रेलिया र सिंगापुरबीच महत्वपूर्ण सहमति

विश्वव्यापी ऊर्जा संकटका बीच अस्ट्रेलिया र सिंगापुरबीच महत्वपूर्ण सहमति

  • काठमाडौँ । विश्वव्यापी ऊर्जा संकटका बीच अस्ट्रेलिया र सिंगापुरबीच महत्वपूर्ण सहमति भएको छ । दुवै देशले तेल र ग्यासको आपूर्ति निरन्तर कायम राख्न मिलेर काम गर्ने निर्णय गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    यो सहमति विशेषगरी डिजेल र तरलीकृत ग्यासको आपूर्तिलाई केन्द्रमा राखेर गरिएको बताइएको छ । दुवै देशले ऊर्जा आपूर्ति प्रणालीलाई मजबुत बनाउने, एकअर्कालाई सहयोग गर्ने र व्यापारलाई सहज राख्ने प्रतिबद्धता जनाएका छन् ।

    AGNI GROUP

    विश्वभर ऊर्जा अभाव बढिरहेका बेला यो कदम चालिएको हो। होर्मुज जलडमरुमा देखिएको अवरोधलाई यसको मुख्य कारणका रूपमा हेरिएको छ ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अन्तर्राष्ट्रिय साझेदार र दीर्घकालीन मित्र राष्ट्रसँग सहकार्य गर्दै आवश्यक इन्धन आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताएका छन् ।

    त्यस्तै, सिंगापुरका प्रधानमन्त्री लरेन्स वोंगसँग भएको सहमतिअनुसार डिजेल तथा तरलीकृत ग्यासजस्ता अत्यावश्यक वस्तुको आवतजावत सहज बनाइने उनले जानकारी दिएका छन् । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावसँग जुध्न दुवै देशले सहकार्यलाई अझ मजबुत बनाउने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट