Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घट्यो

ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घट्यो

  • काठमाडौँ । इरानका उर्जा केन्द्रमा अमेरिकाले गर्ने भनिएको सैन्य आक्रमण पाँच दिन स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    रिपोर्टका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ देखि १५ प्रतिशतसम्म घटेर प्रति ब्यारेल ९६ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि झण्डै १३.५ प्रतिशतले घटेर प्रति ब्यारेल ८५.२८ डलरमा पुगेको छ। यसअघि तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो ।

    AGNI GROUP

    यसैबीच, इरानी सञ्चारमाध्यमहरूले ट्रम्पसँग कुनै पनि प्रकारको वार्ता नभएको दाबी गरेका छन् । इरानी समाचार एजेन्सी फार्सले इरानले चेतावनी दिएपछि अमेरिका पछि हटेको उल्लेख गरेको र कुनै किसिमको प्रत्यक्ष वार्ता नभएको उल्लेख गरेको छ ।

    उक्त रिपोर्टअनुसार इरानले आफ्ना ऊर्जा केन्द्रमा आक्रमण भएमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । तर ट्रम्पले भने वार्ता सकारात्मक भएको दाबी गर्दै उर्जा केन्द्रमा आक्रमण गर्ने योजना पाँच दिन स्थगित गरेको घोषणा गरेका थिए ।

    यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट