Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिहारका मुख्यमन्त्री नीतीश कुमारले विधान परिषद सदस्य पदबाट राजीनामा दिए

बिहारका मुख्यमन्त्री नीतीश कुमारले विधान परिषद सदस्य पदबाट राजीनामा दिए

  • काठमाडौं । बिहारका मुख्यमन्त्री नीतीश कुमारले विधान परिषद (एमएलसी)सदस्य पदबाट राजीनामा दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    विधान परिषदका सभापति अवधेश नारायण सिंहले जानकारी दिँदै भने, “नीतीश कुमारले राजीनामा दिइसकेका छन्, अब आवश्यक प्रक्रिया अघि बढाइनेछ।”

    AGNI GROUP

    एमएलसी संजय गांधी नीतीश कुमारको राजीनामा लिएर विधान परिषद पुगेका थिए।

    हालै नीतीश कुमार राज्यसभा सदस्यमा निर्वाचित भएका थिए। संवैधानिक प्रावधानअनुसार एकै समयमा दुई पदमा बस्न नपाइने भएकाले उनले ३० मार्चभित्र एमएलसी पदबाट राजीनामा दिनुपर्ने थियो।

    यद्यपि, उनले मुख्यमन्त्री पदबाट भने राजीनामा दिएका छैनन् र हालसम्म उनी नै बिहारका मुख्यमन्त्रीको रूपमा कार्यरत छन्।

    नीतीश कुमार सन् २००६ देखि विधान परिषदका सदस्य रहँदै आएका थिए। सन् २०२४ मा उनी लगातार चौथोपटक एमएलसी बनेका थिए, जसको कार्यकाल सन् २०३० सम्म रहने थियो। तर १६ मार्च २०२६ मा राज्यसभामा निर्वाचित भएपछि उनले एमएलसी पद छोड्ने निर्णय गरेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट