Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पले अमेरिकी सेना प्रमुखलाई पदबाट हटाए

ट्रम्पले अमेरिकी सेना प्रमुखलाई पदबाट हटाए

  • काठमाडौं । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ जनरल र्यान्डी जर्जलाई आफ्नो पदबाट राजीनामा दिन भनेका छन्।

    onlinepatrika
    Arghakhachi

    पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमा एउटा बयान जारी गर्दै जर्जले अमेरिकी सेनाको ४१औँ चिफ अफ स्टाफको पदबाट तत्कालै अवकाश लिन लागेको जानकारी दिएका छन्।

    AGNI GROUP

    सेना प्रमुखको कार्यकाल साधारणतया चार वर्षको हुने भए पनि जर्जलाई समय अगावै पद छोड्न लगाइएको हो। वेस्ट पोइन्ट मिलिट्री एकेडेमीबाट पढेका जर्जलाई सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडनले यो पदका लागि रोजेका थिए।

    यो नयाँ फेरबदल यस्तो समयमा भएको छ जब ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानसँगको अमेरिका-इजरायल युद्ध ‘चाँडै’ सकिने आशा व्यक्त गरेका थिए।

    जर्जले पहिलो खाडी युद्ध र पछि इराक तथा अफगानिस्तानका संघर्षहरूमा इन्फेन्ट्री अधिकारीका रूपमा काम गरेका थिए। तर, उनलाई पद छोड्न किन भनियो भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन।

    रक्षा विभागका एक वरिष्ठ अधिकारीले सीबीएससँग कुरा गर्दै उनको सेवाका लागि धन्यवाद दिए पनि अब सेनामा नेतृत्व परिवर्तन गर्ने समय आएको बताएका छन्।

    पेन्टागनका अनुसार जर्जको ठाउँमा अब आर्मी भाइस चिफ अफ स्टाफ जनरल क्रिस्टोफर ला-नेभले कार्यवाहक सेना प्रमुखको रूपमा काम गर्नेछन्।

    प्रवक्ता पार्नेलले ला-नेभलाई युद्धको अनुभव भएका र दशकौँसम्म मैदानमा खटिएका नेता भनेका छन्। उनले रक्षा मन्त्री हेगसेथलाई ला-नेभमाथि पूरा भरोसा रहेको र उनले सरकारको योजनालाई राम्ररी लागू गर्ने कुरा पनि बताएका छन्।

    हेगसेथले पेन्टागनमा आएदेखि अहिलेसम्म एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाइसकेका छन्, जसमा जलसेना र वायुसेनाका उच्च अधिकारीहरू पनि सामेल छन्।

    यसैबीच, वेस्ट पोइन्ट मिलिट्री एकेडेमीले बुधबार जर्जको केही तस्बिरहरू पोस्ट गर्दै उनले भविष्यका सैन्य लिडरहरूलाई आफ्नो अनुभवबाट मार्गदर्शन दिएको उल्लेख गरेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट