Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'होर्मुज स्ट्रेट'बाट तेल ट्याङ्करहरूको आवागमनमा इरानले अवरोध पुर्याएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्। आफ्नो सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गर्दै ट्रम्पले इरानको व्यवहार 'अत्यन्तै खराब' रहेको र यसले आपसी समझदारी उल्लंघन गरेको दाबी गरेका छन् ।
बीबीसीका अनुसार,ट्रम्पले इरानको पछिल्लो कदमलाई लिएर कडा शब्दमा आलोचना गरेका छन्। उनले लेखेका छन्, 'इरानले होर्मुज स्ट्रेटबाट तेल ट्याङ्करहरू जान दिने सन्दर्भमा धेरै नराम्रो काम गरिरहेको छ। कतिपयले यसलाई असम्मानजनक पनि भन्न सक्छन्। यो हामीबीच भएको सम्झौता अनुरूपको काम होइन।'
राष्ट्रपति ट्रम्पले इरानले उक्त जलमार्ग प्रयोग गर्ने ट्याङ्करहरूसँग शुल्क उठाउन थालेको रिपोर्टहरू सार्वजनिक भएको उल्लेख गर्दै त्यसलाई तत्काल रोक्न चेतावनी दिएका छन् 'इरानले होर्मुजबाट गुज्रने ट्याङ्करहरूसँग शुल्क लिनु हुँदैन। यदि उनीहरूले यस्तो गरिरहेका छन् भने, यसलाई तुरुन्तै बन्द गरिनुपर्छ,' ट्रम्पले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij