Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अस्ट्रेलियाली सेनाको १२५ वर्षे इतिहासमा पहिलो पटक महिला सेनापति नियुक्त भएकी छन्। लेफ्टिनेन्ट जर्नेल सुजन कोयल सेनापति नियुक्त भएकी हुन्।
उनले तीन दशक सेनामा बिताइसकेकी छन्। रक्षामन्त्री रिचर्ड मार्लेसले यो ऐतिहासिक नियुक्ति भएको बताए। उहाँको उपलब्धिको अर्थ के हो भने अस्ट्रेलियाको इतिहासमा सेनाको नेतृत्व गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ,’ मोरालेसले भने, ‘यो ठूलो ऐतिहासिक घडी हो।’
पछिल्लो समय युद्धका खतरा बढ्दै जाँदा अस्ट्रेलियाली सेनामा पनि आधुनिकीकरणको प्रयास भइरहेको छ। लामो दुरी प्रहार गर्ने हतियार, ड्रोन र लडाइँका नयाँनयाँ हतियार उपयोगमा ल्याइँदैछ।
जर्नेल कोयलले अनुभवका आधारमा सेनाको नेतृत्व गर्ने बताएकी छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij