Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

को होलान् गायिका ईन्दिरा जोशीको प्रेमी ?

को होलान् गायिका ईन्दिरा जोशीको प्रेमी ?

  • काठमाडौँ । कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन। गायिका ईन्दिरा जोशीले बुधबार (आज) फेसबुकमार्फत आफ्नो प्रेम सम्बन्धबारे खुलाएकी छिन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्। बुधबार फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेकी छन्,'उनले भने-म तिम्रो तारा। तिमी मेरो जून। प्रतिबद्धताको औंठी।'

    onlinepatrika
    Arghakhachi

    आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै उनले फोटो क्याप्सनमा लेखेकी छन्, '२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता...अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।' 

    AGNI GROUP

    Indira1613644944.jpg

    उनी प्रेम सम्बन्धमा छन् वा छैनन् भन्ने धेरैको चासो बनेको थियो। तर ईन्दिराले उनको प्रेमीको अनुहार खुलाएकी छैनन्। यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ-को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी ? 

    नेपाल आइडलकी जजसमेत बनिसकेकी ईन्दिरा जोशीका 'चौबन्दी चौली अनि रातो घांगराु, 'बेहुलीु, 'उध्रेको चोलीु, 'मोटरसाइकमा'आदि गीत चर्चित छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट