Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आइपीएल: चेन्नइ सुपर किंग्सको चौंथो जित, रोमाञ्चक बन्यो तालिका

आइपीएल: चेन्नइ सुपर किंग्सको चौंथो जित, रोमाञ्चक बन्यो तालिका

  • काठमाडौं । इन्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किंग्सले प्रतियोगितामा चौंथो जित निकालेको छ। आफ्नो नवौं खेलमा चेन्नइले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो।

    onlinepatrika
    Arghakhachi

    मुम्बइले दिएको १ सय ६० रनको लक्ष्य चेन्नईले ११ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्यो। जारी संस्करणमा चेन्नइको यो चौंथो जित हो। मुम्मबइको भने यो सातौं हार हो।

    AGNI GROUP

    टस जितेर पहिले ब्याटिङ गरेको मुम्मबईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो। उसका लागि नमन धिरले ५७ रन बनाउँदा रियन रिकेल्टनले ३७ तथा सुर्यकुमार यादवले २१ रन बनाए।

    थप दोहोरो रनको स्कोरका रुपमा कप्तान हार्दीक पाण्ड्याले १८ रन जोडेका थिए। चेन्नइका लागि अन्सुल कमबोजले ३ विकेट लिंदा नुर अहमदले २ विकेट लिए। त्यस्तै रामकृष्ण घोषले १ तथा जमाइ ओभरटनले १ विकेट लिए।

    १ सय ६० रनको लक्ष्य पछ्याएको चेन्नइले सहज जित हासिल गर्यो। उसका लागि कप्तान ऋतुराज गाइकवार्डले ६७ रन बनाउँदा सन्जु स्यामसनले ११ तथा उर्भिल पटेलले २४ र कार्तिक शर्माले ५४ रनको अर्धशतकीय इनिङ खेले।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij