Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओमान तटमा भारतीय जहाजमा आक्रमण

ओमान तटमा भारतीय जहाजमा आक्रमण

  • काठमाडौं । भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको भारतले निन्दा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्य पूर्व द्वन्द्वको बीचमा समुद्री गतिविधिको स्वतन्त्रताको रक्षाको महत्वलाई प्रष्ट परेको छ ।

    AGNI GROUP

    विज्ञप्ति जारी गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले होर्मुजको जलक्षेत्रमा व्यापारिक जहाज माथि निरन्तर लक्षित गरेकोमा भारतले खेद व्यक्त गरेको बताएका छन् ।

    विज्ञप्तिमा ओमानको तटमा भारतीय जहाजमा भएको आक्रमण अस्वीकार्य रहेको उललेख गर्दै व्यवसायिक ढुवानीलाई लगातार लक्षित गरि गरिएको आक्रमणको निन्दा गरिएको छ ।

    ओमानका अधिकारीहरूले गरेको उद्धार प्रयास पछि जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेको मन्त्रालयले पुष्टि गरेको छ । जहाजमा रहेका सबै भारतीय चालकदलका सदस्यहरू सुरक्षित उद्धार गरेकोमा ओमानी अधिकारीहरूलाई विज्ञप्ति मार्फत धन्यवाद दिएको छ ।

    भारतले होर्मुजको अन्तर्राष्ट्रिय जल क्षेत्रमा सञ्चालन हुने सामुद्रिक व्यापार मार्ग र नागरिक कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएको छ ।

    भारतले व्यावसायिक ढुवानीलाई लक्षित गर्ने र निर्दोष चालक दलका सदस्यहरूलाई खतरामा पार्ने, र वाणिज्यको स्वतन्त्रतामा बाधा पुर्याउने कार्य यथासिग्र रोक्नु पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

    खाडी क्षेत्रमा बढ्दो तनाव र प्रमुख अन्तर्राष्ट्रिय जल क्षेत्र नजिकै समुद्री सुरक्षामा बढेको चिन्ताको बीचमा यो घटना भएको हो ।

    यस अघि युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ)ले संयुक्त अरब इमिरेट्सको तट नजिकै एउटा जहाज जफत भएको रिपोर्टसहित खाडी क्षेत्रमा समुद्री सुरक्षा घटनाको रिपोर्ट गरेको थियो ।

    जहाजको कम्पनी सुरक्षा अधिकारी (सिएसओ)ले जहाजमा अनधिकृत व्यक्तीहरू चढी कब्जा गरिएको र पछि इरानी क्षेत्रीय जलतर्फ गइरहेको जानकारी दिएको छ ।

    युकेएमटीओले संयुक्त अरब इमिरेट्सको फुजैराहको उत्तरपूर्वमा ३८ एनएमको घटनाको रिपोर्ट प्राप्त गरेको जनाएको छ ।

    युकेएमटिओले घटनाको अनुसन्धान जारी रहेको र यस क्षेत्रमा सञ्चालित जहाजहरूलाई सतर्क रहन र कुनै पनि संदिग्ध गतिविधिको रिपोर्ट गर्न सल्लाह दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट