Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारतको झारखण्ड राज्यको राजधानी राँचीमा बिहीबार प्रतिबन्धित संगठन भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का २७ सदस्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
समाचार संस्था पीटीआईका अनुसार उनीहरूले झारखण्ड प्रहरी, झारखण्ड जगुआर र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का वरिष्ठ अधिकारीहरूको उपस्थितिमा हतियार बुझाएका हुन्।
यो आत्मसमर्पण झारखण्ड प्रहरीको ‘अपरेशन नवजीवन’ अन्तर्गत भएको हो। प्रहरी अधिकारीहरूले आत्मसमर्पण गर्नेहरूमध्ये धेरै विभिन्न मुद्दामा फरार रहेको बताएका छन्।
झारखण्डकी प्रहरी महानिरीक्षक तदाशा मिश्राले राज्यबाट उग्रवाद अन्त्य गर्न सुरक्षा निकायहरूको संयुक्त अभियान जारी रहने बताइन्।
उनले आत्मसमर्पण गरेका २७ माओवादीको पुनर्स्थापनाका लागि सरकारले पूर्ण सहयोग गर्ने पनि बताइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij