Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

च्यारिटी गल्फको उपाधि बोहोरा र श्रेष्ठलाई

च्यारिटी गल्फको उपाधि बोहोरा र श्रेष्ठलाई

  • काठमाडौँ । १० औँ एडसन च्यारिटी गल्फ प्रतियोगिताको उपाधि गोविन्द बोहोराले जित्नुभएको छ। गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सम्पन्न प्रतियोगिताको महिलातर्फ भने विपना श्रेष्ठले ३६ अङ्कका साथ उपाधि चुम्नुभएको हो।

    onlinepatrika
    Arghakhachi

    १८ ह्यान्डिक्यापमा खेलेका बोहोराले ४३ स्टेबलफोर्ड अङ्क जोड्दै मुख्य उपाधि जित्नुभएको हो। प्रतियोगितामा ४१ अङ्क प्राप्त गरी इन्द्रधारा विष्ट उपविजेता बन्नुभयो। ४१ अङ्क नै जोडेका नवाङ पासाङ शेर्पासँग विष्टको बराबरी भए पनि काउन्टब्याकका आधारमा विष्टलाई उपविजेता घोषणा गरिएको हो। विष्टले ब्याकनाइनमा २१ अङ्क जोड्नुभएको थियो भने शेर्पाले १७ अङ्क मात्र प्राप्त गर्नुभयो।

    AGNI GROUP

    सक्षमता विकास समाज नेपालले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका लागि १० औँ ‘हामी सबै सक्षम छौँ’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गरेको हो। सक्षमता विकास समाजका जनसम्पर्क तथा कोष विकास व्यवस्थापक निर्मला ज्ञवालीका अनुसार विजेता बोहोरालाई सिङ्गापुर एयरलाइन्सद्वारा प्रायोजित काठमाडौँ–सिङ्गापुर–काठमाडौँको हवाई टिकट प्रदान गरिएको छ। त्यस्तै, तेन्जिङ छिरिङले ३८ ग्रस अङ्कका साथ ‘बेस्ट ग्रस’ को उपाधि जित्नुभयो। साथै उहाँले ‘लङ्गेस्ट ड्राइभ’ को पुरस्कार पनि हात पार्नुभयो।

    महिलातर्फ श्रेष्ठ विजेता, दुलाल उपविजेता महिलातर्फ विपना श्रेष्ठ ३६ अङ्कका साथ विजयी हुनुभयो। उहाँकी निकटतम प्रतिस्पर्धी आस्था दुलालले ३४ अङ्क प्राप्त गर्नुभयो। दुलालले लक्की ड्रमार्फत सिङ्गापुर एयरलाइन्सको काठमाडौँ–सिङ्गापुर–काठमाडौँ हवाई टिकट समेत प्राप्त गर्नुभयो।

    यसैगरी सिनियर गल्फरतर्फ सञ्जीव क्षेत्री ३८ अङ्कका साथ विजयी हुनुभयो भने सुपर सिनियर विधामा डा. फौदराज थेबेले २९ अङ्कका साथ उपाधि जित्नुभयो। अन्य विधातर्फ प्रदीप केसीले ‘क्लोजेस्ट टु दी पिन’ र अन्जिला योञ्जनले ‘स्ट्रेटेस्ट ड्राइभ’ को पुरस्कार जित्नुभयो। रवीन्द्र तिवारीले चार वटा बर्डी प्रहार गर्दै काउन्टब्याकका आधारमा ‘मस्ट बर्डी’ को अवार्ड प्राप्त गर्नुभयो। स्टेबलफोर्ड फर्म्याटमा १८ होलमा खेलिएको यस प्रतियोगितामा कुल ७१ जना गल्फरको सहभागिता रहेको थियो।

    विजयी खेलाडीहरूलाई संस्थाका अध्यक्ष रवेन्द्रराज पाण्डे, जनसम्पर्क तथा कोष विकास व्यवस्थापक निर्मला ज्ञवाली, नेपाल गल्फ सङ्घका वरिष्ठ उपाध्यक्ष एवं गोकर्ण गल्फ क्लबका कार्यकारी सदस्य पवित्रकुमार कार्की र आयोजक संस्थाका सचिव ज्ञानप्रसाद खनालले पुरस्कार वितरण गर्नुभएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट