Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मुख्यमन्त्री विजयले किसानले सहकारीबाट लिएको ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिदिए

मुख्यमन्त्री विजयले किसानले सहकारीबाट लिएको ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिदिए

  • काठमाडौं । तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले साना तथा सीमान्त किसानहरूले सहकारी बैंकबाट लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री विजयले सोमबार सहकारी बैंकबाट बाली ऋण लिएका ठूला किसानलाई पनि ५ हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

    AGNI GROUP

    तमिलनाडु मुख्यमन्त्री कार्यालयले आधिकारिक एक्स ह्यान्डलमार्फत यसको जानकारी सार्वजनिक गरेको हो।

    यो घोषणा सचिवालयमा मुख्यमन्त्रीको अध्यक्षतामा बसेको समीक्षा बैठकपछि गरिएको हो।

    बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर विनोथ, सहकारिता मन्त्री वी गान्धीराज, वित्त मन्त्री एन मेरी विल्सन तथा वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

    सरकारका अनुसार विजयको यस निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन्। यसका लागि सरकारलाई थप २ हजार ४४ करोड ४६ लाख रुपैयाँ खर्च लाग्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट