Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरान युद्धको विरोध गर्दै न्यूयोर्कका मेयर ममदानीले के भने ?

इरान युद्धको विरोध गर्दै न्यूयोर्कका मेयर ममदानीले के भने ?

  • काठमाडौं ।  न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इरान युद्धको विरोध गर्दै अब यो संघर्ष अन्त्य हुनुपर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले तीन महिनाअघि कसैको स्वीकृतिबिना युद्ध सुरु गरिएको र त्यसको सबैभन्दा ठूलो मूल्य आम नागरिकले चुकाइरहेको बताएका हुन् ।

    AGNI GROUP

    ममदानीका अनुसार युद्धका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । साथै १३ अमेरिकी सैनिकको पनि मृत्यु भएको भन्दै उनीहरू अब कहिल्यै आफ्नो परिवारकहाँ फर्किन नसक्ने उल्लेख गरेका छन् ।

    उनले युद्धको असर केवल युद्धग्रस्त क्षेत्रमा सीमित नरहेको भन्दै अमेरिकाका सर्वसाधारण नागरिकसमेत प्रभावित भइरहेको बताएका छन् ।

    पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढेकाले मध्यम र श्रमिक वर्गका परिवारको आर्थिक अवस्था थप दबाबमा परेको उनको भनाइ छ ।

    ममदानीले अमेरिकी संसदको स्वीकृतिबिना युद्ध सुरु गरिएको आरोपसमेत लगाएका छन् । विदेशमा ज्यान गुमाउने प्रत्येक व्यक्ति र अमेरिकाभित्र आम परिवारमाथि थपिएको आर्थिक भार एउटै गैरजिम्मेवार निर्णयको परिणाम भएको उनले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट