Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मनसुन आगमन केही दिन ढिलो

मनसुन आगमन केही दिन ढिलो

  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने बताएको छ । 

    onlinepatrika
    Arghakhachi

    विभागका प्रवक्ता विभूति पोखरेलले सोमबार साँझ मनसुन आगमन सम्बन्धमा विज्ञप्ति जारी गर्दै नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गरेको भन्नुहुँदै नेपालमा हालसम्म मनसुनको आगमन नभएको बताउनुभयो । भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा नेपालमा मनसुन आगमन अझ केही ढिलो हुने सम्भावना रहेको छ ।

    AGNI GROUP

    नेपालमा हालसम्म पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको कारणले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहितको मध्यमसम्मको वर्षा भइरहेको छ । 

    हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना छ । विगतका केही वर्षहरूमा सन् १९९२ मा जुन २१, २०१६ जुन १५, २०१९ जुन २०, २०२३ जुन १४ मा मनसुन ढिला प्रवेश भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij