Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत १४-२७ वैशाखसम्म सञ्चालन भएको परीक्षाको नतिजा ३९ दिनमा प्रकाशित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थीले परीक्षा दिएका थिए ।

    AGNI GROUP
    यसअन्तर्गत नियमिततर्फ ६९.७५ प्रतिशत अर्थात् दुई लाख ३१ हजार ७७० जना र आंशिकतर्फ ४२.३८ प्रतिशत अर्थात् ३६ हजार ४२० जना गरी कुल ६४.१३ प्रतिशत (दुई लाख ६८ हजार १९० जना) परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् ।

    नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रति विषय एक हजार रुपैयाँ दस्तुर तिरेर १२ असारसम्म पुनर्याेग (रिटोटलिङ) का लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । साथै, बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा अनुपस्थित रहेका परीक्षार्थीले मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

    कसरी हेर्ने नतिजा ?

    राष्ट्रिय परीक्षा बोर्डले वेबसाइट, एसएमएस र आईभीआर सेवामार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाएको छ ।

    १. वेबसाइटमार्फत: 

    निम्न वेबसाइटहरूमा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिन्छ:

    २. एसएमएसमार्फत: 

    मोबाइलको मेसेज बक्समा गई NEB टाइप गरेर एक स्पेस छाडेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । (उदाहरणका लागि: NEB 12345678 टाइप गरी 1600 मा पठाउने)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij