Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

  • काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार ३ गते एकै दिन गर्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए । उनका अनुसार कूल विद्यार्थीमध्ये ४५५ विद्यार्थीहरुले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् ।

    AGNI GROUP

    विश्वविद्यालय सात ग्राजुएट स्कुलअन्तर्गत शैक्षिकोपाधि हासिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य तहका १२ जना विद्यार्थीलाई दीक्षित गर्नेगरी तय भएको उनले बताए । संयोजक डा खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट यस छ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् ।

    समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने संयोजक डा खड्काले जानकारी दिए ।

    मप विश्वविद्यालयका उपकुलपति डा.नारायणप्रसाद पौडेलले सभामा आम्दानीको खर्च, आगामी आव २०८३/०८४ को प्रस्तावित रु एक अर्ब ४९ करोड बजेट स्वीकृत र ग्रेस लिष्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट