Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा जापानले ट्युनिसियाविरुद्ध अग्रता लिएको छ।
समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका हुन्।
जापान र ट्युनिसिया २००२ पछि विश्वकपमा पुनः आमनेसामने भएका हुन्।
त्यतिबेला जापानले ट्युनिसियालाई २-० गोलले पराजित गरेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij