Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेफ्टामा ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म, बाँकी अवार्ड कसलाई?

नेफ्टामा ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म, बाँकी अवार्ड कसलाई?

  • काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्कारणको ‘नेफ्टा अवार्ड २०७५’ सम्पन्न भएको छ। शनिवार राति सोल्टी होटेलमा आयोजना भएको अवार्ड समारोहमा उपरास्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। नेफ्टा अवार्डमा २०७५ मा प्रर्दशन भएका फिल्महरुलाई समावेश गरिएको थियो। जसमध्ये ‘छक्का पञ्जा ३’ ले उत्कृष्ट फिल्मको उपाधि पाएको छ। साथै ‘प्रसाद’बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र ‘साँइली’बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन्। फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६र६ विधामा अवार्ड जित्न सफल भएका छन्। ‘छक्का पञ्जा ३’ बाट दिपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्दा फिल्म ‘हरि’ ले जुरी अवार्ड पायो। पपुलर अभिनेता र अभिनेत्रीको अवार्ड भने अनमोल केसी र साम्रागी राज्यलक्ष्मी शाहले पाएका छन्। फिल्म ‘इन्टुमिन्टु लन्डनमा’ बाट धिरज मगर र ‘ए मेरो हजुर ३’ बाट उत्कृष्ट डेब्यु अभिनेतारअभिनेत्रीको अवार्ड जितेका छन्। कार्यक्रममा चलचित्र प्राविधिक संघले साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजित अवार्ड वितरण समारोहमा नेफ्टासँग ड्रिम हाइ नेपालले सहकार्य गरेको छ।

    onlinepatrika
    Arghakhachi


    उत्कृष्ट विजेताको सूची यस प्रकार छन् :

    AGNI GROUP

    मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)

    कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)

    कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)

     ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो)

     ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो)

     गीतकार: लै लै, गणेश शाह (प्रसाद)

     संगीत निर्देशक :लै लै, सुवास भुषाल (प्रसाद)

     संगीत एरेन्जर :लै लै, उदयराज पौडेल (प्रसाद)

     गायक(पुरुष) : लै लै, केतन क्षेत्री (प्रसाद)

    गायिका (महिला) : समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)

    कथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)

    पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)

    संवाद : सुशील पौडेल (प्रसाद)

    ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)

    भीएफएक्स : आई ड्रिम एनिमेसन, रोमियो एन्ड मुना

    रङ संयोजन : अर्जुन कार्की (हरी)

    आदिवासी जनजाति : प्राङ्ना (तामाङ फिल्म)

    सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)

    सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो)

    अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डौं)

    अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)

    द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)

    नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर)

    डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर)

    डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

    डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)

    सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)

    छायांकार :चिन्तनराज भण्डारी (हरी)

    पपुलर अभिनेत्री : साम्राज्ञी राज्यलक्ष्मी शाह

    पपुलर अभिनेता : अनमोल केसी

    पपुलर फिल्म : छक्का पञ्जा ३

    जुरी अवार्ड फिल्म : हरि

    अभिनेता : बिपिन कार्की (प्रसाद)

    अभिनेत्री: मेनुका प्रधान (साइँली)

    निर्देशक: दिपाश्री निरौला (छक्का पञ्जा ३)

    फिल्म: छक्का पञ्जा ३

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट