Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अस्मित र आँचललाई ‘मिस्टर एन्ड मिस रौनियार’ उपाधि

अस्मित र आँचललाई ‘मिस्टर एन्ड मिस रौनियार’ उपाधि

  • काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस रौनियार २०२१’ को उपाधि आँचल रौनियार र अस्मित गुप्ताले हात पारेका छन् । एमी इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा आँचलले ‘पब्लिक च्वाईस अवार्ड’ र अस्मितले ‘मिस्टर ट्यालेन्ट’को उपाधि जितेका हुन् । प्रतियोगितामा काठमाडौं, विराटनगर लगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवायुवती बीच भएको दोश्रो संस्करणको ‘मिस्टर एन्ड मिस रौनियार’को उपाधि अस्मित र आँचलले जितेको हो । प्रतियोगिताको निर्णायकमा अभिनेता रणधिर शाह, मोडल विपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह, उड्डयन प्राधिकरणकी संगीत रौनियार र फेसन डिजाईनर सरगम श्रेष्ठ थिए । प्रतियोगितामा मिस्टर रौनियारतर्फ सर्वजित रौनियार ‘फस्ट रनरअप’सँगै ‘वेस्ट पर्सनालिटी’ र ‘म्यानेजमेन्ट च्वाईस’, राज रौनियार ‘सेकेन्ड रनरअप’सँगै ‘फोटोजेनिक’ र ‘वेस्ट पर्फमेन्स’ बने । विधागततर्फ श्याम रौनियार ‘भ्युअर्स च्वाईस’ र ‘पब्लिक च्वाईस’ को विजेता हुँदा अंकित रौनियार ‘वेस्ट वाक’, अजयप्रसाद गुप्ता ‘म्यानेजमेन्ट च्वाईस’ र आयुष रौनियार ‘मिस्टर ट्यालेन्ट’ बने । प्रतियोगितामा ‘मिस रौनियार’तर्फ शिक्षा गुप्ता ‘फस्ट रनरअप’, ज्योति रौनियार ‘सेकेन्ड रनरअप’सँगै ‘वेष्ट पर्फमेन्स’, खुस्बु रौनियार ‘मिस ट्यालेन्ट’, नन्दिनीकुमारी गुप्ता ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’, सोमनकुमारी गुप्ता ‘मिस फोटोजेनिक’, सालुकुमारी रौनियार ‘वेस्ट क्याटवाक’, स्नेहा रौनियार ‘मस्ट चार्मिङ’ र ‘वेष्ट पर्सनालिटी’ बने ।

    onlinepatrika
    Arghakhachi

    आयोजक राजन रौनियारले रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले यो प्रतियोगिता तीन वर्ष यताबाट आयोजना गर्दै आएको बताए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्यले र विराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट