Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

किसानको मागलाई ध्यानमा राख्दै कैलाली

किसानको मागलाई ध्यानमा राख्दै कैलाली

  •  काठमाडौँ  ।  भिजनीका – किसानको मागलाई ध्यानमा राख्दै कैलालीका कृषि सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको हो । सहकारी संस्थाले यस वर्ष ३७२ मेट्रिक टन धानको बीउ उत्पादन गरेको छ । यो गत वर्षभन्दा झण्डै २०२ मेट्रिक टन बढी हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कृषि कार्यक्रम कार्यान्वयन एकाइले बीजवृद्धि कार्यक्रममा सहयोग गर्न थालेपछि सहकारी संस्थाले बीउ उत्पादनमा अग्रसर भएका हुन् । अहिले आयोजनाकै मातहतमा रहेर ११ वटा सहकारी संस्थाले बीजवृद्धिको कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसअघि जानकी गाउँपालिका–४ स्थित कृषक सहकारी संस्थाले मात्र बीजवृद्धि काम गर्दै आएको थियो । सहकारीका व्यवस्थापक गोविन्दराज रावतले आयोजनामार्फत ११२ हेक्टर र सहकारीमार्फत धानको बीजवृद्धि गरिएको बताए।

    AGNI GROUP

    सहकारीले दलहन र तेलहनको समेत बीजवृद्धि गर्दै आएको छ । रावतका अनुसार गत वर्ष १८० मेट्रिक टन गहुँको बीउ उत्पादन गरेको सहकारीले यस वर्ष ३०० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाकै अनुदानमा सहकारीले १० हेक्टरमा तेलहन बालीको बीजवृद्धि कार्यक्रम गरेको व्यवस्थापक रावतले बताए । “हामीले पहिलेदेखि नै बीउ उत्पादनको काम गरिरहेका थियौँ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमपछि त्यसलाई बृहत् वनाएका छौँ”, उनले भने, “बर्सेनि बीउ उत्पादनको क्षेत्र विस्तार गर्दै आएका छौँ । बजारको माग भने अझै पूरा गर्न सकेका छैनौँ ।”

    सरकारले नै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लगेको अवस्थामा सहकारीले किसानसँग समन्वय गरेर बीजवृद्धिको कार्यक्रम गर्दै आएको टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर कृषि सहकारी संस्थाकी व्यवस्थापक मुना घर्तीमगरले बताए । उनले यस वर्ष ८६ मेट्रिक टन धानको बीउ उत्पादन भएको बताउँदै अझै केही किसानले उत्पादन गरेको बीउ सहकारीमा आइ नसकेको बताए। “सहकारीले छुट्टै बीउ उत्पादनका लागि खेती गर्दैन । किसानलाई बीउ, मलखाद तथा प्राविधिक दिन्छौँ”, उनले भने, “किसानले उत्पादन गरेको बीउ सहकारीमार्फत बजार मूल्यभन्दा १० प्रतिशतसम्म बढीमा खरिद गर्छौं ।”

    उज्यालो बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले यस वर्ष सहकारीले २६० मेट्रिक टन धानको बीउ उत्पादन गरेको बताउँदै गत वर्ष १४० मेट्रिक टन उत्पादन भएको बताए । “पहिले हामीसँग बीउ उत्पादनको कुनै योजना नै थिएन । रानी जमरा कुलरियाको कृषि कार्यक्रम शुरु भएपछि मात्र बीजवृद्धिको कार्यक्रम शुरु गरेका हौँ”, उनले भने, “उत्पादन भएको बीउको बजारीकरणका लागि कुनै समस्या छैन । बरु बजारको मागलाई पूरा गर्न सकिएको छैन ।”

    आयोजनाले सहकारीलाई प्रजनन, मूल र प्रमाणित गरी तीन प्रकारको बीउ ५० प्रतिशत अनुदानमा दिँदै आएको छ । आयोजनाका प्रमुख भरतप्रसाद कँडेलले बीजवृद्धिका लागि सहकारीमार्फत काम गर्दै आएको बताउँदै बीजवृद्धि कार्यक्रमले किसानको उत्पादनमा थप मद्दत पुगेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट