Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कोरोना संक्रमण बढेसंगै चलचित्र ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । सरकारले संक्रमण बढेसंगै सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्न निर्देशन दिएपछि चलचित्रको रिलिज पनि स्थगित गरिएको हो । चैत २७ मा प्रदर्शन हुन् लागेको चलचित्र ‘लप्पन छप्पन २’को रिलिज स्थगित गरिएको निर्देशक मुकुन्द भट्टले बताएका छन् । चलचित्रको रिलिज मिति स्थगित भएको यो तेस्रो पटक हो ।
चलचित्र ‘लप्पन छप्पन २’ शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij