Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गर्दै नेपालीले बनाए विश्व कीर्तिमानी

जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गर्दै नेपालीले बनाए विश्व कीर्तिमानी

  • काठमाडौं । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले फेब्रुअरी १, २०२१ मा काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र तीन हजार ६०० फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । उक्त साङ्गीतिक एल्बममा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार प्रदीपराज वन्त र सिर्जना डङ्गोलको मोडलिङ तथा आरती लक्ष्मी खड्गीले कोरियोग्राफी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वल्र्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका छन् ।

    AGNI GROUP

    कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए । “संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उनले भने । शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताए । नेपालीहरुले धेरै क्षेत्रमा वल्र्ड रेकर्ड बनाइसकेको उनको भनाइ थियो ।

    गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताए । सोही अवसरमा वल्र्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट