Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

न्यूयोर्कमा हुने 'मिस नेपाल नर्थ अमेरिका'को दर्ता सुरु , प्रशिक्षकमा शृंखला खतिवडा

न्यूयोर्कमा हुने 'मिस नेपाल नर्थ अमेरिका'को दर्ता सुरु , प्रशिक्षकमा शृंखला खतिवडा

  • काठमाडौं । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२१ आगामी शनिबार आयोजना हुने भएको छ । गत वर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो । उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तीकरण गरिदै भन्ने राखिएको छ। 

    onlinepatrika
    Arghakhachi

    प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्ने छन् भने दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ रहेको छ ।

    AGNI GROUP

    विजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छ भने नेपाल टुरिजम बोर्डले २०२१-२०२२ को लागि विजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

    सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका ९उत्तर अमेरिका नेपाल सुन्दरी (२०१९) मा न्यूयोर्ककी श्रेया गजुरेल विजयी घोषित भएकी थिइन् ।

    यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एसएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड २०१८ कि (पूर्व नेपाल सुन्दरी) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता हुने भएकी छिन् ।

    new_nZdyPxv60E.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट