Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीलाई कालीप्रसादको खुलापत्र– वेद, पुराण र कानुनभन्दा माथि मनपर्ने नेताको गफ लाग्ने रहेछ

प्रधानमन्त्रीलाई कालीप्रसादको खुलापत्र– वेद, पुराण र कानुनभन्दा माथि मनपर्ने नेताको गफ लाग्ने रहेछ

  • काठमाडौं । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार सामाजिक सञ्जालमार्फत खुलापत्र लेखेका उनले नेताहरुको राम्रा नराम्रा सबै कुराको कार्यकर्ताहरुले समर्थन गरेको विषयमा कटाक्ष गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल अगाडि ड्रोन भन्ने कसैलाई थाहा नभएको अभिव्यक्तिको साहरा लिँदै उनले आफूले थाहा पाएको कुरा भन्दै कटाक्ष गरेका हुन् । 

    AGNI GROUP

    यस्तो छ संगीतकार बाँस्कोटाले गरेको कटाक्ष :

    सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू ले भन्नुभएजस्तै सामान्यतया उहाँको कार्यकाल भन्दा अगाडि धेरै नेपालीलाई मचयलभ को बारेमा थाहा थिएन , यो पक्कै हो धेरैलाई अझै पनि थाहा छैन, धेरैलाई त अझैसम्म मन्त्रीहरूको काम के हो भन्ने थाहा छैन , अनि त्यो थाहा हुनुको दोष कसको हो त्यो पनि थाहा छैन । वहाँको कार्यकालकै सेरोफेरोमा मलाई चाहिँ केही कुराहरू थाहा भयो तपाईले थाहापाउनुभएको तपाई थप्नुस् है , यस्सो ज्ञान बाँडै ।

    सामान्यतया उहाँ प्रधानमन्त्री हुनुभन्दा अगाडि धेरैलाई नेपालको चुच्चे नक्साको बारेमा जानकारी थिएन। अहिलेको लाई थाहा भयो। तर कताकता हाम्रो प्रजातिको स्मरणशक्ति अलि कमजोर जस्तो भएको हुनाले भोलिका लाई थाहा नहुन पनि सक्ने रहेछ।
    नेपालमा पनि पानि जहाज, रेल र चुलो चुलोमा ग्याँसको पाइपलाइन सम्भव रहेछ।

    मन्त्रीज्यूको पनि फोनमा कुरा गर्दागर्दै मुखबाट कहिलेकाहीँ प्वाक्क छाडा फुत्किदो रहेछ।

     चुनावमा उठेर हारेको अरु पनि सांसद – मन्त्री हुन पाउने रहेछन्। (यो अलि  अगाडि थाहा भएको )

    मान्छे को मृगौला २– २ पटक पनि प्रत्यारोपण गर्न मिल्दो रहेछ , सबै कुरा मिल्ने हो या अथवा मिलाइने हो भनेदेखि त्यो नेपालमै निःशूल्क सम्भव रहेछ।

    प्रधानमन्त्री र राष्ट्रपति मिलेर काम गर्ने हो भने देखिन्  परिवर्तन छिट्टै आउने रहेछ ।

    सामान्यतया जनताले भिडभाड गर्न नपाइने ठाउँमा नेताहरुले पाइने रहेछ।

    कार्यकर्ताहरुलाई आफुलाई मनपर्ने नेता को गफ ,वेद पुराण उपनिषद् कानुन र संविधान भन्दा पनि माथि लाग्ने रहेछ।

    लेख्दै जानेहो भने त कति धेरै कुरा थाहा पाइने भैसक्ए छ। तपाईं यसो विचार गर्नोस् त के के थाहा पाउने हुनुभयो ?

    भ्याक्सिनको लागि भने चाहिँ के–के हुँदैछ थाहा पत्तो नभएको एक सामान्य नेपाली ।

    fb baskota.PNG 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट