
Aug 19 2025 | २०८२, भदौ ३ गते
आज बस्ने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल हुनेछ ।
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको छ । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठक दिउँसो १ बजेपछि बस्ने तय भएको छ । बैठकले नेपालमा पुनः संक्रमितको संख्या बढ्दै गइरहेका स्थितिमा निषेधाज्ञालाई कसरी र कहिलेसम्म जारी राख्नेबारे छलफल हुने बताइएको छ । आज बस्ने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल हुनेछ ।
लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरिने छ । संक्रमण बढ्दो दरमा रहेकाले तर १५ दिन अहिलेकै जस्तो गरी निषेधाज्ञा लम्बिने सम्भावना रहेको स्रोत बताउँछन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij