Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पोल्याण्डका फरवार्ड रोवर्ट लेवान्डोस्की यस वर्षको पुरुषतर्फको फिफा वर्षखेलाडी घोषित

पोल्याण्डका फरवार्ड रोवर्ट लेवान्डोस्की यस वर्षको पुरुषतर्फको फिफा वर्षखेलाडी घोषित

  • काठमाडौँ । उनले अर्जेन्टिनाका फरवार्ड लियोनल मेसी र पोर्चुगलका फरवार्ड क्रिस्टियानो नाल्डोलाई पछि पारेका हुन्। पोल्याण्डका फरवार्ड रोवर्ट लेवान्डोस्की यस वर्षको पुरुषतर्फको फिफा वर्षखेलाडी घोषित भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    जर्मन क्लब बायर्न म्युनिखबाट खेल्दै आएका लेवान्डोस्कीले गतवर्ष क्लबलाई ट्रिबल (च्याम्पियन्स लिग,बुन्डेस लिगा तथा जर्मन कप) जिताउँन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। उनले गतवर्ष ४७ खेलमा ५५ गोल गरेका थिए। ३२ वर्षीय लेवान्डोस्की गत सिजनको तीनवटै प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका थिए। महिलातर्फ इङ्गल्यान्डकी लुसी ब्रोन्ज वर्षखेलाडी घोषित भइन्। उनले  डेनमार्ककी पेर्नेल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई पछि पारिन् । लिभरपुलका योर्गेन क्लोप पुरुषतर्फको वर्षप्रशिक्षक चुनिँदा महिलातर्फ नेदरल्यान्डकी सारिना वेग्मेन वर्षप्रशिक्षक घोषित भइन् ।जर्मनका म्यानुयल नोयर पुरुषतर्फ तथा फ्रान्सकी सारा बौहाद्दि महिलातर्फ वर्ष गोलरक्षक घोषित भए। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट