Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

 थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

 थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • काठमाडौं । काठमाडौंको थापाथलीमा आज बिहानै मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    थापाथलीबाट त्रिपुरेश्वतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मृत्यु  भएको हो ।  स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो । थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको हो ।
    स्कुटरमा पछाडी सवार गरेकाे घाइते  २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij