
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडाैँ । मंसिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी श्रीमतीको मृत्यु भएको छ।
दमक नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया घनादेवी आचार्यलाई श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो। उनको त्यहाँ उपचार हुन नसकेपछि घर फर्काउने क्रममा शुक्रबार राति मृत्यु भएको कार्यालयले जनाएको छ। कुटपिटमा संलग्न लिम्बूलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij