Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

बस्तीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा स्थानीय त्रसित

बस्तीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा स्थानीय त्रसित

  • काठमाडौँ । झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । 

    images
    images
    images

    बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।

    images

    रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । 

    बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।

    दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पुर्‍याउँदै आएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij