Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कलाकार संघसँग सरकार सहयोगी

कलाकार संघसँग सरकार सहयोगी

  • नेपाल चलचित्र कलाकार संघको तीन वर्षमा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने हरेकले संघको भवन निर्माण गर्ने एजेण्डा अगाडि सार्ने गरेका थिए । तर, अहिलेसम्म संघले आफ्नै भवन पाउन सकेको छैन । नेपाल सरकारले २०७७र७८ को आर्थिक वर्षको बजेटमा कलाकार संघको भवन निर्माणलाई सहयोग गर्ने घोषणा गरेपछि कलाकार संघ जग्गाको खोजीमा थियो । 
     
    यसबीच, चन्द्रागिरी नगरपालिका वडा नं। १२ पुरानो नैकाप थानेटारमा कलाकार संघको आफ्नै भवन निर्माण हुने भएको छ । शनिवार एक समारोहका बीच शहरी विकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले संघको भवन शिलान्यास गरेका छन् । मन्त्री श्रेष्ठले कलाकार संघले आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त गरे । अबको ६ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य संघको छ ।
     
    संघले खडा गरेको भवन निर्माण कोष र विभिन्न फिल्मकर्मीहरुको सहयोगमा जग्गा खरिद गरेको जानकारी दिँदै संघका अध्यक्ष रविन्द्र खड्काले भवन निर्माणका लागि सरकारबाट ५० लाख प्राप्त भएको बताए । उनले भने ‘सरकारले अरु पनि दिन्छु भनेको छ । हामीले सरकारसँगै देश तथा विदेशमा रहनुहुने विभिन्न फिल्मकर्मीहरुको सहयोगबाट संघको भवन निर्माण गर्न लागेका हौं ।’
     
    उनका अनुसार, साढे तीन तल्लाको भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मधु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, मदुसुधन प्रधानलगायतको उपस्थिति रहेको थियो । कलाकार संघ स्थापना भएको ३३ वर्ष भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट