Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरको व्यवसायिक दूत(ब्रान्ड एम्बेसडर)को रुपमा अभिनेता अनमोल केसी नियुक्त भएका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख स्वतन्त्रप्रताप शाह र केसीले ब्रान्ड एम्बेसडर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ब्रान्ड एम्बेसडरमा नियुक्त भएबापत केसीले कम्पनीको व्यवसायिक गतिविधिमा भाग लिनेछन् । साथै, भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य गर्ने जानकारी समेत दुबैजनाले दिए ।
अनमोलसँग सम्झौतापत्र आदानप्रदान गदै शाहले भने, ‘केसीलाई एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुशि लागेको छ । हामी थप प्रोजेक्टमा पनि सहकार्य गर्न तयार छौं ।’
उनका अनुसार अनमोलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको लागि बजारीकरणमा सघाउने, वैदेशिक अध्ययनका चुनौतिबारे सचेतना जगाउने, अध्ययनपछि स्वदेश फर्कनुपर्छ भन्ने धारणाको विकास गराउने कार्यमा भूमिका खेल्ने भएका छन् ।
अम्पायर कन्सलटेन्सीले काठमाडौंसहित पोखरा, चितवन, दमक तथा विदेशका भुटान र फिलिपिन्समा समेत शाखा विस्तार गरेको छ । २० वटा मुलुकमा फैलिएको नेपाली उद्यमी संस्था फिनेका अध्यक्ष समेत रहेका शाहले विदेश र नेपालमा एकैपटक फिल्म रिलिज गर्ने वातावरण बनाउन तयारी भैरहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij