Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

६ महिनामा ४ अर्ब राजश्व

६ महिनामा ४ अर्ब राजश्व

  • आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा २२ करोड छ लाख २२ हजार राजश्व कम सङ्कलन भएको हो । गएको आवमा सो अवधिमा तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा दुई करोड ५५ लाख ५४ हजारले कम राजश्व सङ्कलन गरेको थियो ।

    images
    images
    images

    कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजश्वभन्दा २७ करोड ७० लाख ३० हजार राजश्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजश्व सङ्कलन भएको उनले बताए । कार्यालयले सङ्कलित गरेको राजश्वमा आयकर एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर ५० करोड २५ लाख आठ हजार, ब्याजकर पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा ३० हजार र शिक्षा सेवा शुल्क तीन लाख ४६ हजार छन् ।

    सङ्कलित राजश्वमा करदाता सेवा कार्यालय विराट चोकबाट १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij