
May 10 2025 | २०८२, वैशाख २७ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवकोले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेका छन् ।
भेटमा भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतको पहलगाममा गत २२ अप्रिलमा आतंकवादी आक्रमणका भएको थियो । उक्त घटनामा एक नेपालीसहित २८ जनाले ज्यान गुमाएका थिए ।
श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरे पनि जेट हमला गरेको भन्ने प्रचार झुटो भएको बताए थिए ।
राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको पनि सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरेका थिए ।
नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीले स्पष्ट गरेको ओलीको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij