
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौं । आज (बुधबार) सेयर बजार परिसूचक नेप्से पुनः दोहोरो अंकको गिरावट आएको छ । हिजो ५३ अंकले बढेर २७ सय ५४ बिन्दुमा माथि पुगेको बजार बुधबार पुनः १९ दशमलव ८४ अंकको गिरावट आएको हो ।
आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आएर २७ सय ३४ दशमलव ४४ बिन्दुमा झरेको छ । यस्तै (क) वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ४७ अंकले घट्दै ५१८ दशमलव ६६ बिन्दुमा झरेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज साढे ५६ लाख माथिको सेयर बजारमा ३९ हजारभन्दा बढी पटक किनबेच हुँदा जम्मा तीन अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij