Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ओलीलाई केन्द्रीय सदस्य र सदस्यबाट हटाइएको छैन । : नेपाल

ओलीलाई केन्द्रीय सदस्य र सदस्यबाट हटाइएको छैन । : नेपाल

माफी मागेर पार्टीमा फर्किए ओलीलाई स्वागत गर्छौं

  • काठमाडौँ । नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीम स्वागत गरिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव आफ्नो पक्षको संसदीय दलको बैठकमा पेस गर्दै उनले ७२ प्रतिशत सदस्य उपस्थित बैठक वैधानिक हुन्छ कि सानो गुट भेला वैधानिक हुन्छ भन्ने प्रश्न पनि गरे ।

    AGNI GROUP

    उनले मंगलबार आफूहरुको बैठकमा ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको दावी गरेका थिए । हिजो केन्द्रीय समितिले उहाँलाई नेकपाको अन्तरिम विधान बमोजिम कारबाही गरेको छ । यो जानकारी संसदीय दललाई दिन चाहन्छु, उनले बैठकमा भनेका थिए, उहाँलाई केन्द्रीय अध्यक्षबाट मात्रै हटाइएको हो, केन्द्रीय सदस्य र सदस्यबाट हटाइएको छैन । आफ्ना गल्ती स्विकार्दै माफी मागेर फर्किए पार्टीमा आउन स्वागत गर्छौ ।

    उनले संसद विघटनको निर्णय बदल्न ओलीले त्यस्तै कदम चाल्ने आफ्नो अपेक्षा रहेको पनि बताएका थिए । उनले राष्ट्रपतिले पनि आफ्नो पदअनुरुपको भूमिका निर्वाह नगरेको बताए ।राष्ट्रपतिले पदअनुरूपको भूमिका निर्वाह गर्नुभएको छैन, त्यसको हामी आलोचना गर्छौं,ु उनले बैठकमा भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij