Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘म यस्तो गीत गाउँछु २’ले कमायो हप्तामै ५ करोड

‘म यस्तो गीत गाउँछु २’ले कमायो हप्तामै ५ करोड

  • काठमाडौँ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले छोटो समय अवधिमा पनि राम्रो व्यापार गर्न सफल भएको छ । गत शुक्रबारबाट प्रदर्शन भएको सो चलचित्रले हालसम्म करिब ५ करोडको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

    images
    images
    images

    निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गरेको सो चलचित्रमा पूजा शर्मा र नायक पल शाहको मूख्य अभिनय रहेको छ । उनीहरुको अलावा चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरी, सोनिका रोकायलगायतको अभिनय रहेको छ ।

    यता, चलचित्रमा मुख्य भूमिका रहेका नायक पल शाह भने नाबालिगलाई बलात्कार गरेको आरोपमा हिरासतमा छन् । पीडित भनिएकी एक नाबालिग गायिकाले दिएको उजुरीको आधारमा उनी यतिबेला  दमौलीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका हुन् ।

    कोरोना महामारी लगायतका विभिन्न कारणले गर्दा लामो समयदेखि प्रदर्शन रोकिएको साे चलचित्र हलमा लाग्न नपाउँदै नायक पक्राउ परेकोले नायिका पूजा निकै दुःखी देखिन्छिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij