Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

वशुन्धरा र चैत्यदेवीको रकम असुल उपर गर्न संघकाे माग  

सिभिल सहकारीद्वारा ठगिएका कलाकारको रकम असुल उपर गर्न माग 

सिभिल सहकारीद्वारा ठगिएका कलाकारको रकम असुल उपर गर्न माग 

  • काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले वरिष्ठ चलचित्रकर्मी कलाकार वशुन्धरा भुसाल, नेपालको पहिलो रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंह र अभिनेत्री अञ्जु कारंञ्जीतलगायतको करोडौँ रकम ठगी गरेको खुलेको छ । 

    images
    images
    images

    लामो समयदेखि सो सहकारीमा रकम राखेर ब्याज मात्र लिएका ती कलाकारको रकम असुल उपर गर्न तथा दोषीलाई कार्वाही गर्न नेपाल चलचित्र कलाकार संघले माग राखेको छ । कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाका अनुसार सो सहकारीमा वरिष्ठ कलाकार वशुन्धरा भुसालको करिब तीन करोड र चैत्यदेवी सिंहको एक करोड राखिएको थियो । 

    सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउण्डेसनको अक्षय कोषको रकम पनि राखिएको थियो । वर्षेनी १ लाख ५० हजारको पुरस्कार वितरण गरिँदै आएकोमा हाल सहकारीबाट रकम नपाएकाले सो पुरस्कार वितरण कार्यलाई पनि असर परेको संघले जनाएको छ ।

    ठगी गर्ने सहकारी र यसको टिम 
    साे सहकारीका प्रमुख कार्यकारी सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छा राज तामाङ हुन् । उनले यस सहकारीबाट २०६३ साल देखी पटकपटक गरेर उनका निजी हाउसिङ कम्पनी (सिभिल होम्स, सिभिल अपामेन्ट्स तथा सिभिल इस्टेट्स)का लागि भनेर कानुन विपरित ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैयाँ विना धितो रिण लगेको खुल्न आएको छ । स्रोतका अनुसार अहिलेसम्म सो रिणको सावाँ तथा ब्याज तिरेका छैनन् । सो रकम ती संस्थाहरुबाट अपचलन गरेर उनले आफ्ना, आफ्नी श्रीमती र छोरीहरु, उनले भनेको मान्ने मान्छे र हालका अध्यक्ष केशव लाल श्रेष्ठका नाममा घर जग्गा, सेयर, बैंक ब्यालेन्स, उध्योग, सिनेमा हल, रेस्टुरेन्ट, आदिमा राखेका छन् । 

    तामाङले करिब एक अर्ब पर्ने सिभिल सहकारीको काठमाडौँको सोल्टिमोडस्थित भवन पनि गैर कानुनी रुपले आफ्ना निजी कम्पनिमा नामसारी गरेर लगेको त्यहाँका पूर्व कर्मचारिहरुले लिखित रुपमा बताएका थिए ।

    निज तामाङले केशव लाल श्रेष्ठ तथा अन्य ब्यक्ती÷समुह सँग मिलेर खोलेका २१/२२ निजी कम्पनीमा रकम लगानी गरेको नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले जनाएको छ । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले पनि तामाङ र उनको परिवारको श्रोत नखुलेको सम्पत्तीको खोजी गरिरहेको छ । 

    तामाङका ५० ओटा बैंक खाता, सेयर, घर जग्गा, उध्योग तथा रेस्टुरेन्टमा, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र उनका दुई छोरीहरु प्रतिछ्या तामाङ (वर्ष २८) र प्रतिष्ठा तामाङ (वर्ष २५) का बैंक खाता, सेयर, घर जग्गा, सिनेमा हल, आदिमा देखिएको छ । 

    २०५७ सालभन्दा अघि खासै सम्पत्ती नभएका तामाङले अहिले आफ्नो सम्पत्ती करिब २० अर्बको छ भन्दै आएका छन् । तामाङ २०५७ साल देखी २०६७ सम्म यस सहकारी संस्थाको अध्यक्ष थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij