Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेपालको राजनीतिक घटनाक्रममाथि भारतको यस्तो टिप्पणी

नेपालको राजनीतिक घटनाक्रममाथि भारतको यस्तो टिप्पणी

  • काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रममाथि भारतले प्रतिक्रिया दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहिबार प्रतिक्रिया जनाएका हुन्। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले ‘नेपालको आन्तरिक मामिला’ भन्दै प्रतिक्रिया दिएका हुन्  ।

    AGNI GROUP

    उनले यी घटनाक्रमलाई  नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गर्नुपर्ने आन्तरिक विषयवस्तुहरू भएको बताएका छन् । उनले भनेका छन्, “एउटा छिमेकी र नेपालको हित चाहने देश भएका नाताले भारत नेपाललाई शान्ति, समृद्धि र विकासको मार्गमा अघि बढ्न सघाउन तयार रहेको छ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij