
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । बलिउडको चर्चित अभिनेत्री रणवीर कपुर र आलिया भट्ट विवाह गर्दैछन् । भारतीय सञ्चारमाध्यमका अनुसार अप्रिल (यहि महिना)को दोस्रो हप्ता वैवाहिक बन्धनमा बाँधिने भएका छन्। उनीहरुको विवाह अप्रिल १३ देखि १७ तारिखसम्म चल्ने बताइएको छ।
उनीहरुले सँगै काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ यहि वर्ष सेप्टेम्बरमा प्रदर्शनमा आउने भनिएको छ। उनीहरुले मुम्बईमा नै विवाह गर्ने योजना बनाएका छन् । रणवीर आफैंले आफ्नो पूर्खाहरुको घर आरके हाउस छानेका छन्। जसकारण रणवीरले पनि आलियासँग मुम्बईको चेंबुरस्थित आरके हाउसमा नै विवाह गर्न लागेका हुन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij