Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सुरेन्द्र पाण्डेको चेतावनी-‘पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ’

सुरेन्द्र पाण्डेको चेतावनी-‘पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ’

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको भेलामा उनले विधि, पद्धति, कानून र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्ने विरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताएका हुन् ।

    AGNI GROUP

    तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उनले भने, “हामी विभाजित भएका छैनौँ ।” पूर्वमन्त्री पाण्डेले पार्टीकोे पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थपे, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ ।”

    उनले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पारे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij