Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

किसान लघुवित्तको बोनस सेयर राष्ट्र बैंकद्वारा कटौती

किसान लघुवित्तको बोनस सेयर राष्ट्र बैंकद्वारा कटौती

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयर कटौती गरेको छ । 

    images
    images
    images

    यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहीअनुसार संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो।

    राष्ट्र बैंकले भने स्वीकृति पत्र पठाउँदै चुक्तापुँजीको २० प्रतिशतले हुने रकम ७ करोड ८५ लाख ६१ हजार ७५५.०५ रुपैयाँबराबरको बोनस सेयर ऐन तथा नियमावली र अन्य प्रचलित कानुनी व्यवस्थासमेत पालना गर्ने गरी संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij