Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

अर्काे अध्यादेशको तयारीमा सरकार, प्रशासन कानुन ल्याउन गृहकार्य

अर्काे अध्यादेशको तयारीमा सरकार, प्रशासन कानुन ल्याउन गृहकार्य

  • काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमार्फत कानुन ल्याउन सक्ने गरी छलफल अघि बढाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतका अनुसार संघीय निजामती सेवा ऐनको अभावमा कर्मचारी प्रशासन सञ्चालनमा नै गम्भीर समस्या सिर्जना हुन सक्ने भन्दै मन्त्रालयले अध्यादेशमार्फत सो कानुन ल्याएर कर्मचारी प्रशासनलाई नयाँ ऊर्जा दिने गरी गृहकार्य थालेको हो ।

    AGNI GROUP

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई वर्षअघि नै संघीय निजामती सेवा विधेयक संसद्मा पठाएको थियो । तर सो विधेयक अघि बढ्न सकेको थिएन । प्रतिनिधिसभा विघटनसँगै विधेयक अघि बढ्न नसक्ने भएकाले अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने सुझावका आधारमा मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको हो ।

    यसअघि मन्त्रालयले प्रस्ताव गरेको र संसदीय समितिमा समेत धेरै विषयमा छलफल भएर सहमति भइसकेको विषयलाई नै आधार मानेर संघीय निजामती सेवासम्बन्धी कानुन ल्याउन विज्ञहरूले सुझाव दिँदै आएका छन् । संसद्मा अलपत्र परेको विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ । हाल कर्मचारीको उमेर हद ५८ वर्ष छ । राजधानी दैनिकमा खबर छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij