
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो ।
६ हजार २ सय ५६ जनाले गोलाप्रथाबाट १०–१० कित्ता आईपीओ पाएका छन् । भने, ५ जनाले ११–११ कित्ताका दरले पाएका हुन् । लघुवित्तले ६२ हजार ६ सय १५ कित्ता आईपीओ सर्वसाधारणको लागि ल्याएको थियो ।
निष्कासित आईपीओमध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीलाई , ३ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि छुट्याइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij