Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबिच सम्झौता

सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषदबिच सम्झौता

  • सुदूरपश्चिम विश्वविद्यालय र नेपाल इन्जिनियरिङ परिषद् बिच विश्वविद्यालयबिच समझदारी भएको छ।

    images
    images
    images

    विश्वविद्यालयले सञ्चालन गर्दै आएको इन्जिनियरिङ कार्यक्रमलाई वासिङ्टन सम्झौता (Washington Accord) अनुसारको मान्यता दिलाउन आवश्यक पहल गर्ने र परिणाममा आधारित शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    images

    सम्झौता अनुसार सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने इन्जिनियरिङ कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताइएको छ ।

    साथै यसबाट विश्वविद्यालयका स्नातक गरेका इन्जिनियरहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी पाउन, अन्य मुलुकमा पेशागत लाइसेन्स लिन सहज हुने र उनीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सम्झौतापत्रमा सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा.हेम राज पन्त र नेपाल इन्जिनियरिङ परिषद्को तर्फबाट अध्यक्ष प्रा. डा.पदम बहादुर शाहीले हस्ताक्षर गरेका थिए ।

    images

    सम्झौता कार्यक्रममा विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्रा.डा.किसनदत्त भट्ट, चिकित्सा शिक्षा संकायका डिन प्रा.डा. हेमनाथ जोशी तथा नेपाल इन्जिनियरिङ परिषद्का रजिष्ट्रार धुर्बराज भट्टराई लगायत दुबै पक्षका पदाधिकारीको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij