Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

मुख्यमन्त्रीद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग

मुख्यमन्त्रीद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग

  • वाग्मती । वाग्मती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गर्नुभएको छ । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहनुभएका पौडेलले उहाँहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको बारे स्पष्टीकरणसमेत माग गर्नुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री पौडेलले आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै उपनेता शालिकराम जम्मकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गर्नुभएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दलको विधानविपरीत कार्य गरेकाले नेता द्वयलाई कारवाही र स्पष्टीकरण माग गरिएको हो । “नेकपाको विधानको दफा १४ बमोजिम संसदीय दलको नेतालाई आवश्यक सहयोग गर्नुपर्नेमा तोकिएको कर्तव्य नगरेको तथा आफ्नै दलको सरकारलाई असहयोग गर्दै अविश्वासको प्रस्तावसमेत दर्ता गरेकाले उहाँहरुलाई पदमुक्त गरिएको हो”, मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij