Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सर्वोच्च अदालत शुक्रबार पनि पूरा समय संचालन हुने (सूचना सहित)

सर्वोच्च अदालत शुक्रबार पनि पूरा समय संचालन हुने (सूचना सहित)

  • काठमाडौं । सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। 

    images
    images
    images

    सर्वोच्च अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना अनुरुप गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।

    सोही निर्णय बमोजिम साउन २० गतेदेखि शुक्रबार पनि अरु बार सरह अदालत संचालन गर्न लागिएको जनाइएको छ। suchanaa.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij